पथरी । तेश्रो पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेटको अक्सन शनिबार सम्पन्न भएको छ ।
अक्सनबाट ८ क्लबले १ सय १४ जना खेलाडी अनुबन्ध गरेको छ ।
अघिल्लो संस्करण खेलेको शनिश्चरे स्ट्राइकले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रुपमा आइतबारे अस्त्रले पहिलो पटक सहभागीता जनाउदैछ ।
तेश्रो संस्करणमा वुद्ध युनाइटेडले सुदिप चौधारीलाई ८ हजार २ सय रुपैयाँमा अनुबन्ध गरेको छ । उनी तेश्रो संस्करणका महगो खेलाडी बने ।
आइतबारे अस्त्रले आर्दश कार्कीलाई ७ हजार ४ सयमा अनुबन्ध गर्दा रोयल किङ्गले पावेल राईलाई ६ हजारमा अनुबन्ध गरेको छ ।
हसन्दहले सोलोमोन राईलाई ५ हजार ८ सय, विरेन्द्रनगरले पशुपती दाहाललाई ५ हजार ६ सय, सात वाघले निधित राईलाई ५ हजार ४ सयमा,मंगलबारे लिजेन्डले अभिषेक विकलाई ५ हजार २ सय र हिसाव कितावले धराम सिंहलाई ३ हजार ८ सयमा अनुबन्ध गरेको छ ।
लिगका लागि वुद्ध युनाइटेड,विरेन्द्रनगर,रोयल किङ्ग,सात वाघले १५ जना खेलाडी खरिद गर्दा आइतबारे, हिसाव किताव, हसन्दहले १४ खेलाडी किन्न सफल भएको छ । मंगलबारेले १२ खेलाडी आफ्नो पक्षमा पार्न सक्यो ।
४०हजार जम्मा ‘वालेट’ राखिएको थियो । खेलाडीलाई ए, बी, सी र अन्डर सिक्टीन वर्गमा विभाजित गरि अक्सन गरिएको थियो ।
लिगमा वुद्ध युनाइटेड,हिसावकिताव ट्रेडर्स,रोयल किङ्ग,मंगलबारे लिजेण्ड,सात वाघ,विरेन्द्रनगर स्टील टाइगर,क्लासिक हसन्दह,आइतबारे अस्त्र टिमको सहभागीता रहने छ ।
पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्र वाट क्रिकेट प्रतिभा खोज्न सुरु गरिएको लिगको यो तेश्रो संस्करण हो । अघिल्ला दुई संस्करणमा पहिलो रोयल किङ्ग र दोश्रो सात वाघले उपाधि जित्न सफल भएका थिए ।
पहिलो संस्करणमा उपविजेतामा चित्त वुझाएको सातवाघ दोश्रो संस्करणमा मंगलबारे लिजेन्डलाई हराउदै विजेता वनेको थियो ।