काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टिमका ब्याट्सम्यान जोन क्याम्पबेललाई क्रिकेटमा चार वर्षको प्रतिबन्ध लागेको छ ।
जमैका एन्टी डोपिङ आयोग (जेएडीसीओ) ले एन्टी डोपिङ नियम उल्लङ्घन गरेको भन्दै क्याम्पबेललाई चार वर्षको प्रतिबन्ध लगाएको हो ।
तीन सदस्यीय स्वतन्त्र प्यानलले सार्वजनिक गरेको १८ पेजको प्रतिवेदनमा ब्याट्सम्यान क्याम्पबेललाई डोपिङको नमूना सङ्कलन पेश गर्न बेवास्ता र अस्वीकार गरेको तथा असफल भएको उल्लेख गरिएको छ ।
जेएडीसीओले क्याम्पबेललाई अप्रिलमा किङ्स्टनस्थित आफ्नो घरमा रगतको नमूना दिन अस्वीकार गरेको आरोप लगाएको छ ।
क्याम्पबेलले वेस्ट इन्डिजका लागि २० टेस्ट, ६ ओडिआई र दुई टी-ट्वान्टी खेलिसकेका छन् । उनको अन्तिम अन्तर्राष्ट्रिय खेल जुनमा बंगलादेशविरुद्धको दोस्रो टेस्ट थियो ।