काठमाडौं । त्रिदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई हराएको छ ।
क्राइसचर्चमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हराएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ खेले ।

शादब खानले ३४ रन जोड्दा मोहम्मद नवाजले १६ रन बनाए ।
न्युजिल्याण्डका ब्लैर टिक्नरले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुम्मयेर १ सय ४७ रन जोडेको थियो ।
न्युजिल्याण्डका डेभोन कोन्वेले ३६ रन जोड्दा मार्क च्याम्पम्यानले ३२ रन बनाए ।
कप्तान केन विलियम्सन ३१ रनमा आउट भए ।
पाकिस्तानका हरिस राउफले ३ विकेट लिए ।

मोहम्मद वासिम र मोहम्मद नवाजले २/२ विकेट लिए ।
त्रिदेशीय सिरिजमा पाकिस्तानको यो लगातार दोस्रो जित हो ।
पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको थियो ।