काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले आफ्नो पहिलो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।
शार्कविरुद्ध पहिलो खेलमा रावलपिण्डी राईडर्सले टस जितेर पहिले बलिङको निर्णय लिए पछि शार्कले पहिले ब्याटिङ गर्ने भएको हो । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ ।
नेपाली अलराउन्डर मल्ल भने प्लेईङ-११ मा रहेका छैनन् ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
यस लिगमा विश्वका यू-१९ टिमका खेलाडीले खेल्ने छन् । प्रतियोगितामा कुल १९ खेल हुनेछ । यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ । १८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।