काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले आज शनिबार पहिलो खेल खेल्दैछ ।
शार्कको पहिलो खेल रावलपिण्डी राईडर्ससँग नेपाली समयअनुसार अपराह्न ४:१५ मा रहेको छ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
यस लिगमा विश्वका यू-१९ टिमका खेलाडीले खेल्ने छन् । प्रतियोगितामा कुल १९ खेल हुनेछ । यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।