काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ ।
ब्रिसबेनमा शुक्रबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो ।
जितसँगै अष्ट्रेलियाले दुई खेलको सिरिज २-० ले जितेको छ ।
घरेलु टोलीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि जोनसन चाल्सले २९ तथा अकिल होसेनले २५ रन बनाए ।
ब्राण्डन किंग्सले २३ तथा रोभमेन पावेलले १८ रन बनाए । जासन होल्डरले १६ तथा अल्जारी जोसेफले अविजित ११ रन बनाए ।

घरेलु टोलीका लागि मिचेल स्टार्कले ४ तथा प्याट कमिंसले २ विकेट लिए ।क्यामरन ग्रिन र एडम जाम्पाले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।
घरेलु टोलीका लागि डेबिड वार्नरले अविजित ७५ रनको अर्धशतकीय ईनिङ खेले । टिम डेबिडले ४२ तथा स्टिभ स्मिथले १७ रन बनाए । म्याथ्यु वेडले १६ तथा आरोन फिन्चले १५ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ३ तथा ओवेड म्याकोईले २ विकेट लिए । ओडेन स्मिथले १ विकेट लिए ।