दीपेन्द्रको वरीयता सुधार
बिहिबार, असोज २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयतामा एक स्थान सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
नयाँ वरीयतामा दीपेन्द्र ९ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ कुशल भुर्तेल र दीपेन्द्रको वरीयता भने एक स्थान तल झरेको छ । नयाँ वरीयतामा कुशल ५४ औं र ५९ औं स्थानमा रहेका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने भने ६४ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् ।
बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन् ।
दीपेन्द्रको वरीयता सुधार







-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763515978900.webp&w=3840&q=75)

