एजेन्सी । डेनमार्कको आँखा अन्तिम १६ मा हुनेछ, जति बेला उसले अष्ट्रेलियासँग दोस्रो चरणको खेल खेल्नेछ ।
डेनमार्कले पहिलो खेलमा पेरुलाई १–० ले स्तब्ध बनाएको थियो । त्यसैले समेत समरा एरिनामा तीन अंक बटुल्दै डेनमार्कको लक्ष्य शीर्ष दुईमा रहदै नकआउट चरण चरण प्रवेश गर्नुमै हुनेछ ।
खेलको मुख्य केन्द्रमा क्रिस्टियन इरिकसन हुनेछन् । उसले गत शनिबार भएको खेलमा उल्लेख्य प्रर्दशन गरेका थिए ।
प्रशिक्षक एज हेराईडसमेत इरिकसनकै प्रेरणदायी प्रर्दशनमा डेनमार्ककले अन्तिम १६ सम्मको यात्रा गरोस भन्ने चाहन्छन् । ‘क्रिस्टियनले खेल परिवर्तन गर्न सक्छन्, हामी उनलाई जतिसक्दो उपभोग गर्न चाहन्छौ,’ उनले भने, ‘विपक्षी समेत उनको बारेमा निकै सचेत हुनेछ । तर उनी त्यसका लागि तयार छन् । उनी आफैपनि प्रिमियर लिग खेलेर आएका छन् ।’
यता, अष्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससंग पराजय ब्यर्होयो । अन्तिममा पाउल पोग्बाले गोल नगरेको भए अष्ट्रेलियाले अंक जोड्ने सम्भावना थियो । डेनमार्कको टिमबारे सचेत अष्ट्रेलिया प्रशिक्षक भन्छन्, ‘फ्रान्समा रचनात्मक प्रतिभा थिए तर डेनमार्क अझ परिपक्क र टिम गेम खेल्ने टोली हो ।’ उनी थप्छन्, ‘डेनमार्क शारिरिक रुपमा बलियो टोली हो । अग्ला खेलाडी छन् । उनीहरुको हतियारनै त्यही हो । हामीले फ्रान्ससंग खेल्यो तर डेनिस अझ त्यो भन्दा सशक्त टिम भन्ने लाग्छ ।’
डेनमार्कलाई सानो चोटले पिरोल्न सक्छ । एन्ड्रेस क्रिस्टियन र वियिन भिस्ट चोटका कारण खेल गुमाउन सक्छन् । क्रिस्टियनले विस्तारै ठिक हुदैछन तर भिस्टले अगामी खेल गुमाउने पक्का भएको छ ।
अष्ट्रेलियाको सबै खेलाडी फिट छन् तर प्रशंसकहरु भेट्रान खेलाडी तथा पुर्व कप्तान टिम काहिललाई मैदान उतार्नुपर्ने बताउछन् । युवा खेलाडी ड्यानियल अर्जानीले समेत सुरुवाती लाईन अपमा स्थान बनाउन सक्नेछन् ।
दुवै टोली चौथो पटक आपने सामने हुन लागेका हुन् । यसअघिका सबै खेल मैत्रिपुर्ण थिए । जसमा डेनमार्कले दुई तथा अष्ट्रेलियाले एक खेल जितेको थियो ।