बेयर्स्टो २०२३ सम्म मैदान बाहिर
मंगलबार, असोज १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान जोनी बेयर्स्टो आगामी २०२३ सम्म मैदान बाहिर रहने भएका छन् ।
खुट्टाको चोटको शल्यक्रिया गरेपछि ब्याट्सम्यान बेयर्स्टो २०२३ सम्म मैदान बाहिर रहने भएका हुन् ।
बेयर्स्टोको शल्यक्रिया सफल भएको बताईएको छ । तर, उनले यस वर्ष क्रिकेट खेल्ने छैनन् ।
३३ वर्षीय बेयर्स्टो गल्फ खेल्ने क्रममा लडेर घाइते भएका थिए । उनले देब्रे खुट्टाको चोट बोकेका थिए ।
चोटकै कारण उनले अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने छैनन् ।
यस्तै बेयर्स्टोले गत सेप्टेम्बरमा दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्ट गुमाएका थिए ।
बेयर्स्टो २०२३ सम्म मैदान बाहिर







-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763515978900.webp&w=3840&q=75)

