काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ ।
लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इंग्ल्यान्डले सिरिज ४-३ ले आफ्नो बनाएको हो ।
इंग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय इनिङ खेले । खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमेदले १९ रन बनाए ।

इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि डेविड मालनले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ खेले ।
ह्यारी ब्रुकले अविजित ४६ रन जोडे । बेन डुकेटले ३० तथा फिल साल्टले २० रन बनाए ।
पाकिस्तानका मोहमद हस्नेनले १ विकेट लिए ।