काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।
गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै क्विन्टन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ खेल्दा एडिन मार्क्रमले ३३ रन बनाए ।

भारतका अर्शदिप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।
भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
विराट कोहलीले अविजित ४९ रन बनाउदा कप्तान रोहित शर्माले ४३ रन बनाए ।
दक्षिण अफ्रीकाक केशव महाराजले २ विकेट लिए ।