काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् ।
यस्तै उपविजेताले त्यसको आधा ८,००,००० अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले ४,००,००० अमेरिकी डलर पाउने छन् ।
विश्वकपमा कुल ५.६ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।
