काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल)मा सहभागी हुन पाकिस्तान प्रस्थान गरेका छन् ।
पीजेसीएलमा सहभागी हुन मल्ल बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
कुशल आबद्द शार्कको पहिलो खेल ८ अक्टोबरमा रावलपिण्डी राईडर्ससँग रहेको छ ।
यस लिगमा विश्वका यू १९ टिमका खेलाडीले खेल्ने छन् ।पीजेसीएल ६ अक्टोबर देखि २१ अक्टोबरसम्म हुनेछ ।
प्रतियोगितामा कुल १९ खेल हुनेछ । यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ ।
लिगका सम्पूर्ण खेल लाहोरमा हुनेछ ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी १० लिगमा समेत सहभागी रहेका थिए ।