काठमाडौं । साबिकको उपबिजेता न्युजिल्याण्डले अस्ट्रेलियामा आयोजना हुने टी ट्वान्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।
न्युजिल्याण्डले बिहिबार विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो ।
टी ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
न्युजिल्याण्ड अघिल्लो संस्करणमा अस्ट्रेलियासँग फाईनलमा पराजित भएको थियो ।
न्युजिल्याण्डले अक्टोबर २२ मा घरेलु टोलीविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्ने छ ।
न्युजिल्याण्डले केन विलियम्सको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
रोस टेलर, कोलिन डी ग्रान्डहोम र फिना एलेन लगायतका महत्वपुर्ण खेलाडी भने टिममा छैनन् ।