काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणा गरेको छ।
पुरुषमा लामो समयदेखि बलियो टोलीको रुपमा रहँदै आएको पुलिसले महिला टोली भने पहिलो पटक बनाएको हो ।
पुलिसले महिला नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
महिला क्रिकेट पोखरामा आयोजना हुनेछ ।
नेपाल पुलिसको महिला टिम महिला क्रिकेटमा दोस्रो विभागीय टिम बनेको छ । नेपाल एपीएफ क्लबको महिला टिम लामो समय देखि घरेलु क्रिकेटमा सक्रिय रहेको छ ।
नेपाल पुलिसको टिम :
रुबिना क्षेत्री(कप्तान), काजल श्रेष्ठ (विकेट किपर), अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का , मनिषा उपाध्याय र शोभा रोकाय
मुख्य प्रशिक्षक : मन्जित श्रेष्ठ