काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर एडम गिलक्रिस्टले टिम डेबिडले आगामी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा अस्ट्रेलियाका लागि खेल्नुपर्ने बताएका छन् ।
डेबिडले भारतविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिजको पहिलो दुई खेलमा १८ र २ रन मात्र बनाएका थिए । २६ वर्षीय डेबिडले आइतबार हैदरावादमा भएको सिरिजको अन्तिम खेलमा अर्धशतकिय पारी खेलेका थिए ।
अस्ट्रेलियाली महान खेलाडीलाई हालै मात्र आगामी टी ट्वान्टी प्रतियोगिताका लागि आफ्नो सर्वश्रेष्ठ अष्ट्रेलिया ११ को नाम घोषणा गर्न भनिएको थियो ।
फक्स क्रिकेटका कमेन्टेटर गिलक्रिस्टले टिम डेबिडको नाम लिदै भनेका छन्, 'टिम डेबिडले प्लेईङ ११ मा स्थान पाउनुपर्छ ।'
'विगत १८ महिनामा विश्वभरि उनीबाट जे देखेका छौं, त्यो हेर्दा विपक्षी टोलीहरू उनका सामु आउन डराउनेछन्।'
'डेबिडको भुमिका टिमका लागि अहम रहने छ । उनको यस्तो भूमिका हो, जुन अस्ट्रेलियाले कहिल्यै अरु खेलाडीबाट पाउने छैन । उनले केवल १५ वा २० बलमा खेलको रुप नक्सा नै परिवर्तन गर्ने सामथ्र्य राख्नेछन् ।' उनले थपे ।
'मार्कस स्टोइनिस अहिले दबाबमा रहेर खेलिरहे जस्तो देखिन्छ ।' गिलक्रिस्टले भने, 'तर मलाई लाग्छ टिम डेभिडले त्यो ११ मा स्थान पाउनुपर्छ।'
एडम गिलक्रिस्टको उत्कृष्ट प्लेईङ ११
१. आरोन फिंन्च
२. डेबिड वार्नर
३. मिचेल मार्श
४. स्टिभ स्मिथ
५. ग्लेन म्याक्सवेल
६. म्याथ्यु वेड
७. टिम डेबिड
८. प्याट कमिंस
९. मिचेल स्टार्क
१०. एडम जाम्पा
११. जोश हेजलउड