काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको पाँचौं टी-ट्वान्टीमा जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले हराएको हो ।
जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ ।
पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले ।
डाविड मालनले ३६ तथा साम करणले १७ रन जोडे ।
पाकिस्तानका हरिस राउफले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवानले ६३ रनको अर्धशतकीय इनिङ खेले । इफ्तिखर अहमदले १५ रन जोडे ।
इंग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए ।