काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई हराएको छ ।
बुधबार राति भारतले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रीकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा केए राहुलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले पनि अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्मा सुन्य र विराट कोहली ३ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो ।
दक्षिण अफ्रीकाका केशव महाराजले ४१ रन बनाए ।
एडिन मार्क्रमले २५ तथा वायने प्रनिलले २४ रन बनाए ।
भारतका अर्शदिप सिंहले ३ तथा दिपक चाहर र हर्सल पटेलले २/२ विकेट लिए ।
