काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
नयाँ वरीयतामा दीपेन्द्र ५९ औं स्थानमा रहेका हुन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा कुशल ५४ औं स्थानमा यथावत रहेका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने १ स्थान वरीयता सुधार गर्दै ६१ औं स्थानमा उक्लिएका छन् ।
दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा कायमै रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् ।
बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन् ।