काठमाडौं । भारतले दक्षिण अफ्रीकाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टोली घोषणा गरेको छ ।
दुई खेलको सिरिजका लागि भारतले रोहित शर्माको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
चोटको कारण दिपक होडा तथा कोभिड १९ बाट संक्रमित मोहम्मद सामीले सिरिज गुमाउने छन् । उमेश यादव,श्रेयस एयर तथा शाहबाज अहमदले मौका पाएका छन् ।
भारत भ्रमणमा रहेको दक्षिण अफ्रीका र घरेलु टोलीबीचको पहिलो टी-ट्वान्टी आज बुधबार हुनेछ ।
भारतीय टोली -
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दिनेश कार्तिक (विकेटकिपर), रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, अर्शदीप सिंह, हर्षल पटेल, दीपक चाहर, जसप्रित बुमराह, उमेश यादव, श्रेयस एयर र शाहबाज अहमद
