काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टोलीको घोषण गरेको छ ।
बुधबार आरोन फिन्चको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो ।
अष्ट्रेलिया र वेस्ट इण्डिजबीच दुई खेलको टी-ट्वान्टी सिरिज हुनेछ । दुई टोलीबीचको खेल ५ तथा ७ अक्टोबरमा रहेको छ ।
आगामी महिना सुरु हुने टी–ट्वान्टी विश्वकप अघि अष्ट्रेलियाका लागि यो शृंखला महत्वपूर्ण हुनेछ ।
अष्ट्रेलियाका टिम चयनकर्ताले भारतमा हालै सम्पन्न तीन खेलको सिरिजमा टिममा नरहेका चार खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।
मार्कस स्टोईनस,डेबिड वार्नर,मिचेल मार्श तथा मिचेल स्टार्कले टोलीमा पुनरागमन गरेका छन् ।
तीब्र गतिका बलरद्वय नेथन एलिस र केन रिचर्डसन तथा स्पिनर एस्टन अगरलाई आराम दिईएको छ ।
