काठमाडौं । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा पाहुना टोली बंगलादेश विजयी भएको छ ।
आइतबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ७ रनले विजयी भएको हो ।
यस जितसँगै दुई खेलको टी-ट्वान्टी सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ ।
भ्रमणकारी टोलीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १९ ओभर ४ बलमा अलआउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि चिराग सुरीले ३९ तथा आयान खानले २५ रन बनाए । आर्यन लार्कले १९ तथा भृत्य अरबिन्दले १६ रन बनाए । मुहम्मद वासिमले १५ तथा कार्तिक मैयप्नले १२ तथा जुनेद सिद्दिकिले ११ रन बनाए ।
पाहुना टोलीका लागि शोरिफुल इस्लाम र मेहेदि हसनले समान ३/३ तथा मुस्ताफिजुर रहिमले २ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो ।
बंगलादेशका लागि अफिफ हुसाईनले अविजित ७७ रनको अर्धशतकिय ईनिङ खेले । कप्तान नुरुल हसन ३५ रनमा अविजित रहँदा लिन्टन दासले १३ रन बनाए ।
मेहेदी हसनले १२ तथा यासिर अलिले ४ रन बनाए ।
घरेलु टोलीका लागि कार्तिक मैयप्नले २ तथा सविर अलि,जावद फरिद र आयान खानले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।