काठमाडौं । घरेलु टोली पाकिस्तानले चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्यान्डलाई हराएको छ ।
कराँचीमा आइतबार राति पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो ।
यस जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।
पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो ।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४ रन बनाए ।
बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन जोडे ।
पाकिस्तानका मोहमद नवाज र हरिस राउफले ३/३ विकेट लिए । मोहमद होस्नेनको नाममा २ विकेट रह्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ८८ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ रन बनाए ।
इंग्ल्यान्डका रिसी टोप्लेले २ तथा लियाम डसनले १ विकेट लिए ।