काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सन् २०२२–२३ को सिजनका लागि घरेलु खेलाडीको मासिक रिटेनर र म्याच फि मा वृद्धि गर्ने घोषणा गरेको छ ।
नयाँ आर्थिक मोडेल अनुसार कुयद-ए-आजम ट्रफीमा भाग लिने खेलाडीले अब ६० हजार पाकिस्तानी रुपैयाँको पाउदै आएकामा अब १ लाख पाकिस्तानी रुपैयाँ म्याच फी पाउनेछन् । पाकिस्तान कप र राष्ट्रिय टी–ट्वान्टी जस्ता प्रतियोगिता खेल्ने खेलाडीले अब प्रत्येक खेलको ४० हजार पाकिस्तानी रुपैयाँको सट्टामा ६० हजार रुपैयाँ पाउनेछन् ।
पाकिस्तानको घरेलु सिजन अगस्ट ३० मा राष्ट्रिय टी-ट्वान्टीबाट सुरु भएको थियो । यसमा भाग लिनेहरूले सम्झौता बिना नै त्यसो गरे। ईएसपीएनक्रिकइन्फोका अनुसार पीसीबीको घरेलु र हाई पर्फमेन्स सेन्टरले बोर्ड अफ गभर्नर्स (बीओजी) बाट यस नयाँ मोडेललाई पारित हुने समय पर्खिरहेको छन् ।
राष्ट्रिय टी–ट्वान्टी मा खेलेका खेलाडीले नयाँ संरचनाअनुसार म्याच फी पाउनेछन् ।
पीसीबीले कुल पाँच श्रेणीमा १ सय ९२ खेलाडीलाई विभाजन गरेको छ । 'ए प्लस' श्रेणीमा १५, ए श्रेणीमा ३५, 'बी' श्रेणीमा ४८, 'सी' श्रेणीमा ७० र 'डी' श्रेणीमा २४ खेलाडी सहभागी हुनेछन् ।
बोर्डले अनुबन्धित खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।