एजेन्सी । क्रोएसियाविरुद्ध भिड्दै गर्दा अर्जेन्टिनाको लक्ष्य विश्वकपमा पहिलो जित दर्ता गर्नु हुनेछ । समुह डी अन्तर्गतको खेलमा दुवै टोली नेपाली समय अनुसार राति पौने १२ बजे आमने सामने हुदैछन् ।
जर्ज साम्पोलीले टिमले पहिलो खेलमा आईसल्याण्डसंग बराबरी खेल्दै अंक बाँडेको थियो । विश्वकपको डेब्यु म्याचमा उपाधि दाबेदारलाई रोक्दै आईसल्याण्डले अघिल्लो चरणकोे प्रवेशको संकेत गरिसकेको छ । सर्जियो अग्युरोले दिलाएको अग्रतालाई आइसल्याण्डका अल्फ्रेड फिनबोगसनले बराबरीमा ल्याएका थिए ।
तर सो खेलको मुख्य केन्द्रमा लियोनल मेस्सीको असफल पेनाल्टी रह्यो । सायद मेस्सीको पेनाल्टी सफल भएको भए त्यसले नतिजामा फरक पार्ने निश्चित थियो । तर प्रशिक्षक साम्पोलीले सो बिषयलाई लिएर मेस्सीलाई आरोप लगाउन नहुने धारणा राख्छन् । ‘जब अर्जेन्टिनाले जित्न सक्दैन । हामी त्यसको जिम्मेवारी मेस्सीलाई देख्छौ । मलाई लाग्छ अर्जेन्टिनाकालागि यो सबै भन्दा सजियो बिषय हो ।’ साम्पोलीले भने । ‘आईसल्याण्डविरुद्ध जित्न नसक्नुका धेरै कारणहरु छन्, तर हार वा जित जे नतिजा आएपनि त्यसमा टिम संगै रहनेछ ।’ उनले भनेका छन् ।

क्रोएसिया भाग्यमानी टोलीको रुपमा पहिलो जित दर्ता गर्न सफल भयो । उसले नाईजेरियालाई २–० ले हराएको थियो । समुह चरणको दोस्रो खेलमा उसले कठिन प्रतिद्धन्दी पाएको छ । तर क्रोएसियाका प्रशिक्षक जलाखो डली भन्छन्, ‘गुमाउनु केही छैन् ।’ ‘अर्जेन्टिनाविरुद्धको खेल जारी विश्वकपमा हाम्रा लागि सहज खेल हुनेछ । किनकी हामीसंग तीन अंक छ र हामी बलियो प्रतिद्धन्दीविरुद्ध खेल्न जादैछौ ।’ उनले जोडे, ‘हामीसंग खेलमा गुमाउने चिज केही छैन् । खेल अगाडी मैले खेलाडीलाई भनेको छु, मात्र खेलको मज्जा लिनु ।’
अर्जेन्टिनी प्रशिक्षक सिम्पोलीले क्रोएसियाविरुद्धको खेलमा टोलीको संरचनामा केही फेरबदल गर्न सक्नेछन् । आइसल्याण्डविरुद्ध उतारिएको ४–२–३–१ रणनीतिलाई परिवर्तन गर्दै प्रशिक्षकको रोजाईमा ३–४–३ को पुरानै संरचना पर्न सक्छ । अर्जेन्टिनी टिममा बोको जुनियर्सका विङ्गर क्रिस्टियन पाभोनले सूरुवाती मौका पाउन सक्नेछन् । ग्याबियल मेरकाडो र मार्कोस एकुनाले टोलीमा फर्कन सक्छन् ।

क्रोएसियाले अन्तिम १६ को स्थान तय गर्छ भने उसका स्ट्राईकर निकोला खिलेनिक यात्रामा छुट्नेछन् । नाईजेरियाविरुद्धको खेलमै समस्या देखिएका स्ट्राईकर खिलेनिक घर फर्किएका छन् ।
विगत हेर्दा, चार पटक दुवै टोली भेटिएका छन् । जसमा अर्जेन्टिनाले दुई, क्रोएसियाले एक खेलमा जित हात पारेको छ । एक खेल बराबरीमा सकिएको छ ।