काठमाडौं । बंगलादेश तथा आयरल्याण्डले आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्थान पक्का गरेका छन् ।
शुक्रबार भएको खेलमा आयरल्याण्डले जिम्बाबे तथा बंगलादेशले थाइल्याण्डलाई छनोट प्रतियोगिताको सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्दै विश्वकपमा छनोट भएका हुन् ।
आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुदैछ ।
पहिलो सेमिफाइनलमा आयरल्याण्डले रोमाञ्चक भिडन्तमा जिम्बालेलाई जम्मा ४ रनले पराजित गरेको थियो ।
आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
जवाफमा जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३३ रनमात्रै बनाउन सक्यो ।
जेन मेगिरले ४ ओभरको स्पेलमा १८ रन दिएर २ विकेट लिएकी उनी प्लेयर अफ द म्याच बनिन् ।
उता दोस्रो सेमिफाइनलमा खेलमा बंगलादेशले थाइल्याण्डविरुद्ध ११ रनको जित निकालेको थियो ।
यस्तै बंगलादेशले पहिला ब्याटिङ गर्दा ५ विकेट गुमाएर ११३ रनमात्रै बनाएको थियो ।
तर थाइल्याण्डको टिम भने ६ विकेट गुमाएर १०२ रनमा रोकिन पुग्यो ।
आठ टोली सहभागी रहेको यस प्रतियोगितामा फाईनल पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुने नियमअनुसार आयरल्याण्ड तथा बंगलादेशले सो अवसर पाएका हुन् ।
यस विश्वकपको डिफेन्डिङ च्याम्पियन टोली अष्ट्रेलिया रहेको छ ।