काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ ।
कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो ।
यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले र बाबर अजामले अविजित रहदै २ सय ३ रनको साझेदारी गरे ।
कप्तान बाबर अजामले अविजित रुपमा ६६ बलमा ५ छक्का र ११ चौकाको सहयोगमा १ सय १० रनको शतकीय इनिङ खेले ।
रिजवनले ५१ बलमा ८८ रनको अविजित रुपमा अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । भ्रमणकारी टोलीका लागि कप्तान मोईन अलिले अविजित ५५ रनको अर्धशतकिय ईनिङ खेले ।
बेन डुकेटले २२ बलमा ४३ रन तथा ह्यारी ब्रुक्सले ३१ रन बनाए । फिलिप साल्टले ३० तथा एलेक्स हेल्सले २६ रन बनाए । साम करन १० रनमा अविजित रहे ।
घरेलु टोलीका लागि हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो टी-ट्वान्टी शुक्रबार हुनेछ ।
