काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराएको छ ।
मोहालीमा मंगलबार राति अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको हो ।
यस जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय इनिङ खेल । म्याथ्यु वेडले अविजित ४५ रन जोड्दा स्टिभ स्मिथले ३५ रन बनाए ।

कप्तान आरोन फिन्चले २२, टिम डेभिडले १८ र जोश इंग्लिसले १७ रन बनाए ।
भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।
भारतका लागि हार्दिक पाण्डयले अविजित ७१ रनको अर्धशतकीय इनिङ खेले । केएल राहुलले पनि ५५ रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ४६ रन जोडे ।
अष्ट्रेलियाका नाथन एलिसले ३ तथा जोश हाजलउडले २ विकेट लिए ।
