काठमाडौं । आयरल्याण्डले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ।
आयरल्याण्डले एन्ड्री बालबेर्नीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । बालबेर्नीले यस प्रतियोगितामा आयरल्याण्डको आक्रमणको नेतृत्व गर्नेछन् । उनलाई एक अनुभवी टोलीको कप्तानको रूपमा लिईएको छ । यस टोलीमा प्रतिभाशाली भेट्रानहरू र प्रतिभावान युवाहरूको राम्रो मिश्रण रहेको छ।
टोलीमा रहेका ओपनर पल स्टर्लिङ,अलराउन्डर जर्ज डकरेल र बालबर्नीले १५ सदस्यीय टोलीमा अनुभवी खेलाडीको रुपमा रहँनेछन् । स्टार ब्याट्सम्यान ह्यारी टेक्टर लगातार तथा तीव्र गतिका बलर मार्क एडेयरले टिमलाई सन्तुलित राख्ने छन्।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
आयरल्यान्डले टी–ट्वान्टी विश्वकपमा १७ अक्टोबरमा जिम्बावेसँग पहिलो खेल खेल्नेछ ।

आयरल्याण्डको टोली :
एन्ड्रयु बालबेर्नी (कप्तान), पल स्टर्लिङ (उपकप्तान), मार्क एडेयर, कर्टिस क्याम्पर, गैरेथ डेलानी, जर्ज डोकरल, स्टिफन डोहेनी, फियोन ह्यान्ड, जोस लिटल, ब्यारी म्याकार्थी, कोनोर ओल्फर्ट, सिमी सिंह, ह्यारी टेक्टर, लोर्कन टकर र क्रेग योङ