काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि यूएईले टिम घोषणा गरेको छ।
यूएईले सीपी रिजवानको कप्तानीमा यूएईले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टोलीमा अनुभवी अलराउण्डर रोहन मुस्तफा टिममा रहेका छैनन् ।
मुस्तफाले विश्वकपका लागि छनोट प्रतियोगिताको फाइनलमा आयरल्याण्डविरुद्ध युएईका लागि विजयी रन बनाएका थिए।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
यूएईले अघिल्लो संस्करणमा सहभागी रहेको थिएन ।
यूएईले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
