यू-१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक
शुक्रबार, भदौ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू-१९ टी-ट्वान्टी महिला विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।
पहिलो संस्करणको यस प्रतियोगितामा १६ राष्ट्र सहभागी रहने छन् । २०२३ को १४ देखि २९ जनवरी सम्म संचालन हुने यस प्रतियोगितामा कुल ४१ वटा खेल हुनेछ ।
आईसीसीका ११ पूर्ण सदस्य र पाँच एसोसिएट गरी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्स लिगमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनको दिन ४ खेल हुनेछ ।
इन्डोनेसिया र रुवान्डा पहिलो पटक कुनै पनि आईसीसी विश्वकपमा सहभागी हुदै छन् ।
सुपर सिक्स चरण जनवरी २० मा सुरु हुनेछ । सेमिफाइनल २७ जनवरीमा हुनेछ र फाइनल २९ जनवरीमा पोचेफस्ट्रूमको जेबी मार्क्स ओभलमा खेलाइनेछ।
जनवरी ३० लाई फाइनलका लागि रिजर्भ डेको रुपमा राखिएको छ ।


यू-१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763515978900.webp&w=3840&q=75)



