इंग्ल्यान्डसँग खेल्ने पाकिस्तानी टोली घोषणा
शुक्रबार, भदौ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टिम घोषणा गरेको छ।
पाकिस्तानले बाबर अजामको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
पाकिस्तानले इंग्ल्यान्डविरुद्धको सात खेलको टी–ट्वान्टी सिरिजका लागि अलराउन्डर आमिर जमाल र लेग स्पिनर अबरार अहमदलाई पहिलो पटक टोलीमा राखेको छ ।
सिरिजको पहिलो खेल सेप्टेम्बर २० मा कराँचीमा हुनेछ । जहाँ अन्तिम तीन खेलका लागि लाहोर जानुअघि कुल चार खेल आयोजना हुनेछन् ।
सिरिजको सातौं तथा अन्तिम खेल २ अक्टोबरमा रहेको छ ।

इंग्ल्यान्डसँग खेल्ने पाकिस्तानी टोली घोषणा






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763515978900.webp&w=3840&q=75)



