विश्वकपसम्म जमान र अफ्रिदी फिट हुने आशा

काठमाडौं । फखर जमान र शहिन शाह अफ्रिदीको फिटनेसमा पाकिस्तान क्रिकेट बोर्डले मिहेनत गरिरहेको छ ।
घाइते रहेका दुवै आगामी महिना अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपका लागि उपलब्ध हुने आशा राखेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुबईमा टी–ट्वान्टी एसिया कपको फाइनलमा फिल्डिङका क्रममा जमानको दाहिने घुँडामा चोट लागेको छ ।
एसिया कपमा पाकिस्तान फाइनलमा श्रीलंकासँग पराजित भएको थियो । उक्त फाईनल खेलमा जमान पहिलो बलमा शून्यमा आउट थिए ।
सन् २०२२ को अक्टोबर १६ देखि अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि पाकिस्तानको टोलीमा ३२ वर्षीय जमानलाई तीन वैकल्पिक खेलाडीमा समावेश गरिएको छ ।
टी–ट्वान्टी ब्याटिङ वरीयताको पूर्व नम्बर २ ब्याट्सम्यान जमानले एसिया कपमा ६ इनिङमा ९६ रन मात्र बनाएका थिए।
जमानले इंग्ल्यान्डविरुद्धको घरेलु शृंखला गुमाउने भएका छन् । जसमा सात टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल समावेश छन् ।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763515978900.webp&w=3840&q=75)



