काठमाडौं । अफगानिस्तानले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ।
अफगानिस्तानले मोहम्मद नाबीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
भर्खरै सकिएको एसिया कप प्रतियोगिता खेल्ने टोलीबाट समिउल्लाह शिनवारी, हशमतुल्लाह शाहिदी, करिम जनत, नूर अहमद र अफसर जजाईले टोलीबाट बाहिरिएका थिए ।
जाजई टी–ट्वान्टी विश्वकपका लागि शराफुद्दीन अशरफ, गुलबदीन नायब र रहमत शाहसँगै चार रिजर्भ खेलाडीमध्ये एक हुन् ।
सन् २०२२ मा अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपका लागि अफगानिस्तानको १५ सदस्यीय टोलीमा अनक्याप्ड तीव्र गतिका बलर मोहम्मद सलीमले स्थान बनाएका छन् ।
उनी प्रतियोगिताका लागि छनोट भएका तीन खेलाडीमध्ये एक हुन् । जसमा लेग स्पिनर कैस अहमद र ब्याट्सम्यान दरविश रसुली पनि छन् ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
अफगानिस्तानले अघिल्लो संस्करणमा सुपर १२ पार गर्न सकेको थिएन ।
अफगानिस्तानले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
