एजेन्सी । फिफा विश्वकप फुटबलको अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा उरुग्वेले सुरुवाती अग्रता बनाएको छ ।
रोस्तोभ एरिनामा उरुग्वेका लागि लुइस स्वारेजले गोल गरे । उरुग्वेका लागि सयौं खेल खेलिरहेका स्वारेजले २३ औं मिनेटमा गोल गरेका हुन् ।
उरुग्वे समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो ।
अघिल्लो चरण प्रवेशको नजिक पुग्न उरुग्वेलाई जित आवश्यक छ । साउदीलाई समेत खेलमा फर्कन ३ अंक महत्वपुर्ण छ ।