बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

घरेलु फुटबलको संरचनामा बिक्रमले छेडे बहस

सोमबार, १६ श्रावण २०७९खेलपाटी संवाददाता
घरेलु फुटबलको संरचनामा बिक्रमले छेडे बहस
Loading ad...
mustang rice ad

बिक्रम लामा

काठमाडौं । कुनै एक समय थियो, जति बेला हामी दक्षिण एसियाको उमेर समुहमा अग्रपङ्तीमा रहन्थ्यौं । त्यस समय भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं। विस्तारै खेलाडीहरु सिनियर टिममा खेल्दै जादा हामी कमजोर हुदै जान्थ्यौं, राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो। तर समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थ्यो। उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै राष्ट्रलाई जित्थ्यौं। उज्वेकिस्तान, किर्गिस्तान, इराक, बहराईन जस्ता एसियाका पावर हाउसका रुपमा रहेका राष्ट्रलाई पनि जित्ने गर्दथ्यौं भने दक्षिण कोरिया, जापान जस्ता राष्ट्रसँग कडा टक्कर दिएका धेरै नतिजाहरु छन्। यसको एउटा प्रमुख कारण थियो, त्यो बेला हुने युथ लेभलको अत्याधिक फुटबल गतिविधि । यू १४, यू १६ का धेरै भन्दा धरै फुटबल गतिविधि हुने गर्दथ्यो । त्यस्तै एन्फा एकेडेमीमा पनि खेलाडीलाई राखेर प्राविधिक रुपमा तिखार्ने काम निरन्तर हुने गर्दथ्यो । जसको प्रत्यक्ष फाइदा युथ स्तरको प्रतियोगितामा हाम्रो राष्ट्रलाई हुने गर्दथ्यो। एएफसी यू १७, यू १९ जस्ता प्रतियोगितामा हामीले अब्बल टिमलाई जितेर दोस्रो चरणमा पुगेका छौं भने दक्षिण एसियामा प्राय प्रतियोगिता जित्ने गर्दथ्यौं ।

तर विस्तारै समयसँगै ती खेलाडी सिनियर राष्ट्रिय टिममा पुग्दा हाम्रो स्तर खस्कदो र अरु राष्ट्रको उस्कदै जाने गर्यो । आजसम्मको मेरो अनुभव अनुसार यसको प्रमुख कारण भनेको कमजोर घरेलु फुटबल संरचनानै हो। जहाँ हामी मुस्किलले वर्षमा ६ महिना फुटबल खेल्छौं । राष्ट्रिय खेलाडीले थप एक दुई महिना राम्रो वातावरण पाउँलान् । खेलाडीका लागि यो पर्याप्त पक्कै होईन । यसरी अव्यवस्थित र कमजोर संरचनामा फुटबल खेलेर आफ्नो खेलाडी बन्ने सपना पुरा गर्दै गर्दा कति थाकेर अन्य बाटो लाग्छन्, कति आफ्नो दोस्रो सपना पुरा गर्न र पारिवारिक जिम्मेवारी बोकेर फुटबलबाट टाढिने गर्दछन् । बाँकी रहेका खेलाडीले पनि पर्याप्त मात्रामा खेल्नका लागि घरेलु फुटबलको वातावरण नपाउँदा कहाँ गएर आफुलाई तिखार्ने वा नयाँ खेलाडीले आफुलाई कहाँ अनुभवी बनाउने त ? साफ यू २० मा भारतसँग ८–० गोल अन्तरले हार्नु चिन्ताको विषय रहेन । किनकी चिन्ता त अब गर्नुपर्ने दिन आउँदैछ भन्ने मेरो बुझाई हो । यदी घरेलु फुटबलको संरचना र युथ फुटबलको गतिविधि नहुने हो भने भोलि गएर प्रत्यक्ष असर राष्ट्रिय टिमलाई पर्नेछ । जसको अर्थ नेपाली फुटबललाई पर्नु हो ।

पक्कै भोलिका दिनमा समय समयमा उत्कृष्ट खेलाडी जन्मिने वा पाउने छौं । तर ती खेलाडीलाई अनुभवी बनाउने कसरी ? यसरीनै बारम्बारको गोल अन्तरको खेलहरुबाट ?

के बलियो संरचना सहितको घरेलु फुटबल तथा उमेर समुहको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलबाट अनुभवी बनाउन सकिदैन र ? तसर्थ उमेर समुहका खेलाडीलाई खेल्ने वातावरण र खेलाडी उत्पादनमा गम्भिर हुने समय सायद आजको प्रमुख विषय हो ।

हालको राष्ट्रिय टिम परिवर्तनको संघारमा छ । त्यस परिवर्तित स्थानमा अब आउने खेलाडीहरु युवा मात्र नभई अनुभव सहितको युवा खेलाडीको खाँचो हो । किनकी कुनैपनि देशको राष्ट्रिय टिम भनेको प्रयोगशाला पक्कैपनि होइन । जहाँ मनलागि प्रयोग गरेर परिक्षण गरिन्छ । राष्ट्रिय टिम एउटा नतिजाको लागि खेलिने अन्तिम बिन्दु हो । त्यहाँ नतिजा बाहेक अन्य विकल्प हुदैन । राष्ट्रिय टिमको नतिजाले नै राष्ट्रको फुटबल कुन धारमा जादैछ भन्ने कुराको संकेत गर्ने गर्दछ । तसर्थ पर्याप्त मात्रामा खेलेर अनुभव लिई आफुलाई अब्बल रुपमा अनभवी बनाएर राष्ट्रिय टिममा जाने वातावरण मिलाउन सक्नुपर्छ । चाहे त्यो अनुभव बलियो घरेलु फुटबलको होस् वा राष्ट्रिय, अन्तराष्ट्रिय उमेर समुहका खेलहरुबाट होस् ।

जिल्लामा खेल वातावरण हुदाँ त्यसको अनुभव भोलि केन्द्र हुँदै राष्ट्रिय स्तरमा महत्व रहन्छ भने प्रत्येक उमेर समुहको खेल वातावरण हुँदा भोलि सिनियर टिमसम्ममा पुग्दा त्यसको प्रत्यक्ष फाइदा रहन्छ र नतिजामा टेवा पुग्दछ ।

हाल खेल्दै गरेका यू २० का खेलाडीहरु व्यक्तिगत क्षमतामा निकै अब्बल रहेको देखिन्छ तर अनुभव निकै कम खेलाडीमा मात्र रहेको देखियो । सायद धेरै खेलाडीले त्यो स्तरको दबाबपूर्ण खेलको अनुभव नभोगेका होलान् । उहाँहरुलाई त्यही अनुसार यू १२, यू १५, यू १७ हुँदै अनुभव लिने खेल वातावरण भैदिएको भए आज केही हदसम्म सजिलो हुने थियो वा नतिजा फरक पर्न सक्थ्यो । साथै घरेलु फुटबल बलियो भैदिएको भए त्यसमा खेलेर थप अनुभव राम्रो बनाउन सक्ने अवस्था बन्थ्यो ।

एकाधलाई छाडी हेर्ने हो भने २०१६ देखि २०२२ सम्म हाम्रो राष्ट्रिय टिमले जितेको चार वटा उपाधि बंगबन्धु गोल्डकप, साग गेम्स २०१६, एएफसी सोलिडारिटी कप, साग गेम्स २०१९ सम्पुर्णमा रहेका अधिकांश खेलाडीहरु युथ लेभलबाट राम्रो अनुभव लिएर आएका खेलाडी हुन् । २००३/४ देखि २०११/१२ सम्म उत्पादित खेलाडीले हालसम्म राष्ट्रिय टिम सम्हालेका छन् । आउँदै गरेका नयाँ खेलाडीहरु पनि राम्रा छन् तर पर्याप्त मात्रामा अनुभवको कमी देखिन्छ । यी नयाँ खलाडीले घरेलु फुटबलका साथै युथ खेल गतिविधि अन्तर्गत राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव निकै कम हासिल गर्न पाएका छन् । यस्ता वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । घरेलु फुटबल कमजोर हुदाँ अनुभवी खेलाडीले पनि आफुलाई पर्याप्त मात्रामा निखार्ने र आफुलाई अझ अब्बल बनाउन सक्दैनन् । जसको असर राष्ट्रिय टिमलाई पर्ने गर्दछ ।

अब राष्ट्रिय टिममा हालका खेलाडीको विकल्प के त ? सायद यो एक उत्तरहिन जवाफ हुन सक्छ । तसर्थ अहिलेको यो यू २० र बन्दै गरेको यू १७ का खेलाडीलाई बचाउनुको विकल्प नहोला । समयसँगै परिमार्जन गर्दै यस यू २० र यू १७ का खेलाडीलाई बचाएर राख्न सक्नुपर्दछ । र घरेलु फुटबलको संरचनालाई बलियो बनाएर खेलाडीलाई खेलमा निरन्तर लागिरहन सक्ने वातावरण बनाउने हो भने यि खेलाडिहरुले   २/३ बर्षमा राष्ट्रिय टिममा सहयोग गर्न सक्छन् र नेपाली फुटबलको सफल दिन सायद टाढा नहोला ।

जति धेरै फुटबल गतिविधि सहि ढङ्गले हुन्छ त्यसरी नै खेलाडीहरु बीचको प्रतिस्पर्धाले उत्कृष्ट खेलाडी उत्पादन हुन्छ र पर्याप्त मात्रमा अनुभव संगालेर माथिल्लो स्तरमा राष्ट्रिय टिमलाई टेवा दिन सक्छ । फुटबल खेल एउटा यस्तो खेल हो । जहाँ युवा जोस र शक्ति जति नै उत्कृष्ट भएपनि खेललाई आफु अनुकुल नतिजा ल्याउन अनुभवको नितान्त खाँचो रहन्छ।

आज विश्व फुटबलमा जति पनि नतिजा निकालेका टिमहरु छन्, उनीहरुको टिमको संरचना हेर्दा प्रस्ट हुन सकिन्छ कि टिममा अनुभवी तथा अनुभव सहितका युवा खेलाडीको समिश्रण हुनु पर्दछ। विश्वकप विजेता तथा महादेशीय कपका विजेता राष्ट्रहरु  र प्रख्यात क्लब लिग विजेता क्लबहरु यसका उदाहरण हुन् ।

त्यसैले कुनैपनि राष्ट्रको फुटबल विकासको आधार भनेको नै घरेलु फुटबल हो । घरेलु फुटबल बलियो हुँदा खेलाडीले फुटबलमा स्थिरता पाउछन् । जसकारण पूर्ण रुपमा फुटबलमा समर्पित हुने आधार रहन्छ । खेलाडी पलायन तथा विलिन जस्ता अप्रिय कुराहरु धेरै हदसम्म समाधान हुन सक्छ । यस आधुनिक युगमा वैज्ञानिक ढङ्गले खेलाडीलाई स्वच्छ र सुरक्षित वातावरणमा खेल्ने व्यवस्था गर्नुनै नतिजा प्राप्तीको आधार हो ।

 तसर्थ समग्रमा भन्ने हो भने कुनैपनि राष्ट्रको फुटबल विकासको आधारनै घरेलु फुटबलको बलियो संरचना हो ।

समस्या हरेक क्षेत्रमा रहन्छ तर समाधान खोज्न सक्नु बुद्दिमता हो। समस्या औलाइदिने काम धेरै भयो तसर्थ समस्या औलाइदिने मात्र होइन अब समाधान खोज्ने तिर पनि लाग्ने कि ?

- लेखक लामा राष्ट्रिय टिमका मिडफिल्डर तथा एन्फा फुटबल खेलाडी संघका अध्यक्ष हुन् ।  

Loading ad...
LiNing Ad
घरेलु फुटबलको संरचनामा बिक्रमले छेडे बहस

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !