काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाले आफुले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताएका छन् ।
गौरवले बुधबार एक विज्ञप्ति निकाल्दै आफुले पदका लागि दबाब नदिएको तर वर्तमान अध्यक्ष र महासचिवले सहयोगको लागि आग्रह गरेको बताएका छन् ।
उनले फिफा र एएफसीलाई अमान्य हुने कुनैपनि भूमिका नचाहेको स्पष्ट पारेका छन् ।
'फिफा र एएफसीलाई अमान्य हुने गरि मैले एन्फामा कुनै पनि भुमिका चाहेको छैन । मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन । बरु वर्तमान अध्यक्ष र महासचिवले नै उहाँहरुलाई सहयोग गर्न भनेर मेरो नाम प्रस्ताब गर्नुभएको हो ,' विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय गौरव एन्फाको प्रमूख कार्यकारी अधिकृत (सिइओ) वा सह महासचिव नियुक्ति हुने चर्चा छ । यससँगै उनी विवादमा तानिएका छन् ।
फिफाको प्रतिबन्धमा रहेका गणेश थापाले गौरवलाई सिइओ अथवा सह महासचिव नियुक्तका लागि दबाब दिदै आएको एन्फाकै पदाधिकारीले आरोप लगाउँदै आएका छन् ।
गौरवले नेपाली फुटबल बिनास चाहनेलाई आफुविरुद्ध षड्यन्त्र गरेको बताएका छन् । उनले आफु यस फोहोरी खेलमा नरहेको समेत दाबी गरेका छन् ।
'नेपाली फुटबलको विनास चाहने एउटा समूहले संगठित रुपमा गरिरहेको षडयन्त्र दूर्भाग्यपूर्ण छ । अझ त्यसमा मेरो नाम समेत जोडिनु झनै आश्चर्यजनक र दुःखद छ । म फेरि पनि प्रष्ट पार्न चाहन्छु की, यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संलग्नता थिएन, अहिलेपनि छैन,' विज्ञप्तिमा भनिएको छ 'म फुटबलको एउटा व्यावसायिक व्यक्ति हु र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि पर्ने छैन।'
विज्ञप्ति -