काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित भएको हो ।
एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले बैठक स्थगित भएको घोषणा गर्दै बैठक कक्षबाट बाहिरिएपछि स्थगित गरिएको सदस्य जानकारी गराए ।
अध्यक्ष बाहिरिएपछि बैठकमा गणेश थापा प्यानलका सदस्यहरुले अन्तराष्ट्रिय विभाग प्रमुखबाट नविन पाण्डेलाई हटाउन माग गर्दै निवेदन दिएका थिए ।
एन्फाले कार्यसमिति बैठकका लागि १८ एजेन्डा तय गरिएको थियो ।
एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बसेको थियो ।
न्फा बैठकको एजेन्डा यस्तो थियो :