काठमाडौं । वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
विकेटकिपर ब्याट्सम्यान दिनेशले सोमबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
सन् २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिनेशले पछिल्लो पटक २०१९ मा वेस्ट इन्डिजका लागि खेलेका थिए ।
३७ वर्षीय दिनेशले वेस्ट इन्डिजका लागि ७४ टेस्ट खेलेका छन् ।
यस्तै दिनेशले वेस्ट इन्डिजका लागि १ सय ३९ एकदिवसीय खेल खेल्दा ७१ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।