शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

शनिबार, ०५ बैशाख २०८३खेलपाटी संवाददाता
एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने
Loading ad...
mustang rice ad

काठमाडौं। चीनको सान्या सहरमा अर्को साता हुने एसियन बिच गेम्सको छैटौं संस्करणमा नेपालले दुई खेलमा मात्रै सहभागिता जनाउने भएको छ। पाँचौं संस्करणको तुलनामा चार खेल घटाएको हो।

नेपालले अप्रिल २२ देखि ३० सम्म हुने एसियन बिच गेम्स २०२६ मा कबड्डी र रेस्लिङ (कुस्ती) मा सहभागिता जनाउने पक्का भएको नेपाल ओलम्पिक कमिटी (जीवनराम श्रेष्ठ नेतृत्व) ले जनाएको छ। त्यसअनुसार नेपाली महिला कबड्डी टिमका ६ र कुस्तीका ३ गरी कुल ९ खेलाडीले सान्यामा प्रतिस्पर्धा गर्ने छन्।

रतिया राजवंशी प्रशिक्षक रहेको कबड्डी टिममा मानमती विष्ट, रविना चौधरी, अनुजा कुलुङ राई, सृजना कुमारी थारु, मिना नेपाली र नानुमाया पराजुली छन्। महिला कबड्डीमा ७ टिमले एसियन बिच गेम्स खेल्दै छन्। 

नेपालसहित थाइल्यान्ड, बंगलादेश र, चाइनिज ताइपेई समूह ‘बी’ मा छन्। अर्को समूहमा भारत, श्रीलंका र सिरिया छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनलको लागि छनोट हुनेछन्।

नेपाली महिला कबड्डी टिमले चीनको हाङचोउमा तीन वर्षअघि भएको १९औं एसियन गेम्स २०२२ मा कांस्य पदक जितेको थियो। त्यसैले म्याटमा जितेको पदकलाई चिनियाँ भूमिमा बिचमा पनि निरन्तरता दिने आशा गरिएको छ।

कुस्तीतर्फ सुरेश चुनाराले पुरुष ८० केजी, त्रिलोकीप्रसाद यादवले ९० केजीमाथि र सुशीला चन्दले महिला ९० केजी स्पर्धामा सान्यामा आफ्नो कौशल देखाउने छन्। कुस्ती प्रशिक्षकमा मुमताज अली इद्रिस छन्।

एक दशकपछिको प्रतियोगिता

सन् २०१६ मा भियतनामको डानाङमा पाँचौं संस्करण भएयता एसियन बिच गेम्स पहिलोपल्ट आयोजना गर्न लागिएको हो। 

नोभेम्बर–डिसेम्बर २०२० मा तय गरिएको सान्या बिच गेम्सलाई कोभिड १९ महामारीको कारण ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले स्थगित गरेको थियो। त्यसपछि बल्ल आयोजनाको संघारमा आइपुगेको छ छैटौं संस्करण।

चीनले एसियन बिच गेम्स दोस्रोपल्ट आयोजना गर्न लागेको हो। यसअघि उसले हाइयाङ (सन् २०१२) मा तेस्रो संस्करण आयोजना गरेको थियो। यसपालि सान्यामा १९ खेलमा ९३ स्पर्धा समावेश गरिएको ओसीएले जनाएको छ।

पछिल्लोपल्ट डानाङमा नेपालले ६ खेलमा सहभागिता जनाएको थियो। बिच भलिबल, साम्बो, सेपाकताक्रो, बास्केटबल, बडी बिल्डिङ र कुराँसमा १९ खेलाडीले भियतनाम यात्रा गरेका थिए।

भगवती माझीको ऐतिहासिक पदक

इन्डोनेसियाको पर्यटकीय सहर बालीबाट सन् २००८ मा सुरु भएको एसियन बिच गेम्सका प्रत्येक संस्करणमा नेपाली खेलाडी सहभागी हुँदै आएका छन्। तर, पदक भने एकपल्ट मात्रै ल्याएको छ।

एसियन बिच गेम्सको १८ वर्षे इतिहासमा पदक जित्ने एक्लो नेपाली खेलाडी हुन् भगवती माझी। उनले फुकेट (थाइल्यान्ड÷२०१४) मा भएको चौथो संस्करणमा कांस्य पदक जितेकी थिइन्। 

उनले साम्बोमा महिलातर्फ ५२ केजी स्पर्धाबाट ऐतिहासिक पदक भित्र्याएकी थिइन्। उनी पाँचौ संस्करणमा अर्कै खेल (कुराँस) मा सहभागी भएकी थिइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला