काठमाडौं । जिम्बावे र न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि अष्ट्रेलियाले टोलीको घोषणा गरेको छ ।
अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा सिरिजका लागि टोली घोषणा गरेको हो ।
अष्ट्रेलियाले आगामी अगस्ट २८ बाट जिम्बावेविरुद्ध तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्दैछ ।
यस्तै अष्ट्रेलियाले न्युजिल्याण्डसँग आगामी ६ सेप्टेम्बरबाट तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।
अष्ट्रेलियाको टोली :
आरोन फिन्च(कप्तान),सन एबोट,एस्टन अगर,एलेक्स केरी,क्राम्रोन क्रिन,जोस हेजलउड,मार्नुश लाबुचाने,मिचेल मार्स,ग्लेन म्याक्सवेल,स्टिभ स्मिथ,मिचेल स्टार्क,मार्कस स्टोईनस,डेबिड वार्नर र एडम जाम्पा
