काठमाडौं । एसीसी एसिया कप क्रिकेट श्रीलंकाबाट सर्ने सम्भावना बढेको छ ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप युएई सर्ने सम्भावना बढेको क्रिकइन्फोले जनाएको छ ।
श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप श्रीलंकामै गर्ने योजनामा रहेको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप श्रीलंकामा गर्ने निर्णय गरेको थियो ।
एसीसीको यसै हप्ता बस्ने बोर्ड बैठकले प्रतियोगिता आयोजना बारे निर्णय गर्नेछ ।
टी-ट्वान्टी फर्म्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।
एसिया कपमा एसियाको टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् ।