काठमाडौं । श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) स्थगित भएको छ ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको हो ।
प्रतियोगिता यहिँ जुलाई ३१ बाट अगस्ट २१ सम्म चल्ने तालिका रहेको थियो।
यस सिजनको लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछाने डम्बुला जायन्ट्समा अनुबन्धित भएका थिए।
डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको थियो।
प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल २४ खेलहरु हुनेछ ।
अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो ।