काठमाडौं । भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।
म्यानचेस्टरमा आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले सिरिज २-१ ले जितेको हो ।
इंग्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा ऋषव पन्तले अविजित रहदै १ सय २५ रनको शतकीय इनिङ खेले ।
यस्तै हार्दिक पाण्डयले ७१ रनको अर्धशतकीय इनिङ खेले ।

रोहित शर्मा र विराट कोहलीले समान १७ रन जोड्दा सूर्यकुमार यादवले १६ रन बनाए ।
इंग्ल्यान्डका रीच टोप्लेले ३ तथा क्रेग ओभर्टन र ब्रेडन कार्सेले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि जोस बट्लरले ६० रनको अर्धशतकीय इनिङ खेल्दा जासन रोयले ४१ रन बनाए ।

मोईन अलीले ३४ तथा क्रेग ओभर्टनले ३२ रन बनाए । लियाम लिभिङस्टोन र बेन स्टोक्सले समान २७ रन जोडे ।
इंग्ल्यान्डका हार्दिक पाण्डयले ४ विकेट लिदा युजभेन्द्र चाहलले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।