एसियन गेम्सका लागि खेलाडी तयार छन् - सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगीत भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् ।
नेपाल स्ट्रेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरु तयारी अवस्थामा रहेको बताए ।
घिसिङले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलको विशेष बन्द प्रशिक्षणहरु भइरहेको जानकारी दिए । उनले यसपटक खेलाडीहरुको शारिरिक परिक्षण पनि गरिएको जानकारी गराए ।
नेपालमा टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने समेत घिसिङले बताए ।
प्रतियोगीतामा देशभरका खेलाडीहरु सहभागीता रहको महासंघले जनाएको छ । प्रतियोगीता आइतबारसम्म राखेप कभर्ड हलमा सञ्चालन हुनेछ।













-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

