काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । अमेरिकाले सुरुआतमा ब्याटिङ गर्नेछ । खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले मंगलबार राति ओमानलाई हराएको थियो ।
नेपाल अमेरिकालाई हराएर २ अंक जोड्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । अमेरिका पनि नेपाललाई हराएर सिरिजमा सुखद अन्त्य गर्ने योजनामा हुनेछ ।
नेपाल र अमेरिकाबीचको पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जितेको छ ।
सिरिज अन्तर्गत नै यस अघिको भेटमा भने नेपाल र अमेरिकाबीचको खेल 'टाइ' भएको थियो ।
लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ ।
नेपालले १५ खेलमा १५ अंक जोडेको छ ।
अमेरिका २३ खेल २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।
ओमानविरुद्धको दोस्रो भेटमा भने नेपालले ७ विकेटको जित निकालेको थियो।
