काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी-ट्वान्टी अलराउण्डर वरीयता सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
दिपेन्द्र वरीयताको नवौं स्थान उक्लिएका छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो ।
यस अघि उनी दशौँ स्थानमा रहेका थिए ।
यस्तै ब्याटिङतर्फ कुशल भुर्तेलको वरीयता सुधार भएको छ । कुशल ३९ औं स्थान उक्लिएका छन् ।
ब्याटिङतर्फ दिपेन्द्र ४३ औं र आसिफ शेख ९८ औं स्थान रहेका छन् ।
बलिङ वरीयता नेपालका कप्तान सन्दीप लामिछाने ३९ औं स्थानमा यथावत रहेका छन् ।
अविनास बोहरा ९० औं स्थानमा उक्लिएका छन् ।