काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियाले घरेलु टोली श्रीलंकालाई हराएको छ ।
मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई डीएल पद्दतिको आधारमा २ विकेटले हराएको हो ।
श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य अष्ट्रेलियाले ४२ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै स्टेभेन स्मिथले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान आरोन फिन्च र मार्कुस स्टोनिसले समान ४४ रन बनाए ।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ४ तथा दुनिथ वेलागेले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर ३०० रन जोडेको थियो ।
तर, वर्षाको कारण डीएलमा अष्ट्रेलियाले ४४ ओभरमा २ सय ८२ रनको नयाँ लक्ष्य पाएको हो ।
श्रीलंकाका कुशल मेन्डिसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ खेले ।
पाथुम निशन्काले ५६ तथा दनुश्का गुनाथलिकाले ५५ रनको अर्धशतकीय इनिङ खेले ।
अष्ट्रेलियाका मार्नुस र एश्टन अगरले २/२ विकेट लिए ।
यस जितसँगै अष्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।