काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय ६४ रनको लक्ष्य दिएको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनायो ।
ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय इनिङ खेले ।
सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे ।
ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए । उनले ९ ओभरमा मात्र ३३ रन खर्चिए ।
कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।