काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानविरुद्ध नेपालले सुरुआतमा बलिङ गरिरहेको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको हो ।
ओमानविरुद्ध नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ ।
नेपालले १७ ओभरको खेल सकिदा ओमानको महत्वपूर्ण ५ विकेट लिएको छ ।
ओमानले ५२ रन जोड्दा ५ विकेट गुमाएको हो ।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका छन् ।
करण केसीले २ विकेट लिएका छन् ।